Global Eco Agri Concern Pvt. Ltd. कृषि तथा वातावरणीय क्षेत्रमा कार्यरत संस्था हो, जसले दिगो कृषि, कृषि प्रविधि, कीट व्यवस्थापन तथा वातावरणमैत्री कृषि प्रणालीको प्रवर्द्धनमा कार्य गर्दै आएको छ।
यसै सन्दर्भमा, Global Eco Agri Concern Pvt. Ltd. ले कृषि क्षेत्रमा प्रयोग हुने Yellow Sticky Trap (पहेँलो टाँसिने कीरा नियन्त्रण/निगरानी ट्र्याप) को आपूर्ति तथा वितरणका लागि योग्य, अनुभवी तथा इच्छुक फर्म/कम्पनी/आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउपत्र/बोलपत्र आह्वान गर्दछ।
आपूर्ति गरिने सामग्री नयाँ, प्रयोग नगरिएको, उच्च गुणस्तरको तथा कृषि, नर्सरी एवं Greenhouse मा प्रयोग गर्न उपयुक्त हुनुपर्नेछ।
इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूले तोकिएको समयभित्र आवश्यक कागजातसहित आफ्नो दरभाउपत्र पेश गर्नुपर्नेछ।
Yellow Sticky Trap – Price Schedule
| S.N. | Description | Specification | Required Qty. | Maximum Unit Rate (NPR) | Bidder’s Unit Rate (NPR) | Total Amount (NPR) |
|---|---|---|---|---|---|---|
| 1 | Yellow Sticky Trap | Agricultural Pest Monitoring, Yellow, High-Quality Adhesive | 50,000 pcs | 20 | Bidder to Quote | Bidder to Calculate |
| Total | 5,000 pcs | …. | …….. | ……… |
📋 Bidder बाट पेश गर्नुपर्ने आवश्यक कागजातहरू
यस Tender मा सहभागी हुन इच्छुक फर्म/कम्पनी/आपूर्तिकर्ताले निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
- फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- PAN/VAT प्रमाणपत्रको प्रतिलिपि
- आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate)
- फर्म/कम्पनीको बैंक विवरण तथा Bank Cheque को प्रतिलिपि
- फर्म/कम्पनीका सञ्चालक/Owner को नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- आपूर्तिकर्ता/कम्पनीको प्रोफाइल
- Yellow Sticky Trap को Product Specification/Catalogue
- दररेट/Quotation स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ
- आवश्यक परेमा सम्बन्धित अनुभव तथा विगतमा आपूर्ति गरेका कार्यहरूको विवरण पेश गर्नुपर्नेछ।
⚠️ महत्वपूर्ण सूचना
उपरोक्त सम्पूर्ण कागजातहरू स्पष्ट र पढ्न सकिने गरी पेश गर्नुपर्नेछ। अपूर्ण कागजात वा आवश्यक विवरण नपुगेका Bid/Quotation हरू मूल्याङ्कनमा समावेश नगरिन सक्नेछ।
नोट: Bidder ले पेश गरेको PAN/VAT, Tax Clearance, Bank Cheque तथा Owner Citizenship लगायतका कागजातहरू संस्थाको आन्तरिक मूल्याङ्कन तथा verification प्रयोजनका लागि मात्र प्रयोग गरिनेछन्।




